वर्षाका कारण सिंहदरबार पूर्वी गेट अगाडिको पर्खाल ढल्यो

276

असार २७,
काठमाडौं । बिहीबार रातिदेखिको लगातार वर्षका कारण नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ। सिंहदरबारलाई घेर्न बनाइएको पर्खाल ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ। महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको। भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बनेको थियो। मर्मत अभावमा जीर्ण बनेको पर्खाल ढलेको हो।