फिल्म ‘लक्का जवान’मा प्रियंका कार्की

366

असार २६,
काठमाडौं । कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’मा प्रियंका कार्की रहने भएकी छन् । फिल्म युनिटले चलचित्र अभिनयको बिषयमा बुधबार प्रियंकासँग सम्झौता गरेको जनाएको छ ।

यो फिल्ममा प्रियंकाको मुख्य भुमिका रहने फिल्मका निर्माता किरण केसीले बताए । यो फिल्ममा अभिनेता दीलिप रायमाझी पनि सहनिर्माताको रुपमा रहने छन् । फिल्मको मुख्य भुमिकामा दीलिपकी छोरी दिव्या रहने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव र अनुसुया पन्त पनि निर्माताको रुपमा रहेका छन् ।

प्रियंका अभिनित फिल्मले पछिल्लो समय खासै व्यवसाय त गरेको छैन । तर पनि उनको हातमा फिल्मको कमी छैन ।