त्रिविमा प्रधानमन्त्रीलाई हिलोमै रातो कार्पेट !

277

असार २५,
काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे । कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो । त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।-onlinekhabar.com