असार २५,
काठमाडौं । आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।
असार २५
आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना छ, भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौ । pic.twitter.com/S55mtpqB79— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 10, 2019