सानोठिमी क्याम्पसका प्रशासन र प्राध्यापकहरु बीचको समस्या यथाशीघ्र समाधान गर्न स्ववियुको आग्रह

298

असार २५,
भक्तप्र । सानोठिमी क्याम्पसमा प्रशासन र प्राध्यापकहरुबीच उत्पन्न समस्याको वार्ता र छलफलका माध्यमबाट यथाशीघ्र समाधान गर्न स्वतन्त्र विद्यार्थी युनियनले आग्रह गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै आफ्नो माग पुरा गराउने नाममा क्याम्पसको शैक्षिक वातावरण खल्बल्याइ विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्ने अधिकार क्याम्पस प्रशासन र प्राध्यापक कोहि सँग नभएको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान नगरे प्राध्यापक र क्याम्पस प्रशासन दुबै पक्षको गतिविधि नियन्त्रण गर्न स्ववियु सक्षम रहेको र त्यसबाट उत्पन्न परिस्थितिको समाधान सम्बन्धित पक्षले नै गर्नुपर्ने चेतावनी समेत दिएको छ ।

आन्दोलनका माग सबै कलोकल्पित रहेको क्याम्पस प्रमुख रामचन्द्र घिमिरेबताउँ छन् । सबै मागहरु सम्बोधन गरिसकेकाले आन्दोलनको औचित्य नभएको उनीले बताएका छन्।

क्याम्पसको शैक्षिक वातावरण खल्बल्याउन नदिने स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष रमेश खड्का बताउँछन् । क्याम्पस प्रशासन र प्राध्यापकहरु बिध्यार्थी संख्या कसरी बढाउने, शैक्षिक गुणस्तर कसरी दिने लगाएत गम्भीर कुराहरुको विषयमा चाहिँ छलफल नगरेर बिध्यार्थी र राजनीतिक दलले गर्ने खालका आन्दोलन गरेर बस्नु लाजमर्दो भएको भन्दै छिट्टै समस्याको समाधान नभए क्याम्पसको शैक्षिक बाताबरण खलबल्याउन नदिने अध्यक्ष खड्को जनाएक छन् ।