भोटेकोसीमा बाढीः दुई घाईते, दुई जना वेपत्ता

72

असार २२,
सिन्धुपाल्चोक । शनिवार रातभर भारी वर्षा हुँदा भोटेकोसी नदीमा आएको बाढीमा परि दुई जना घाइते भएका छन् भने अन्य दुई जनालाई बाढीले बगाएको आशंका गरिएको छ । रातभरको वर्षाका कारण भोटेकोसी उर्लँदा नदि आसपासमा शनिवार राती भागदौड समेत मच्चियो ।

बाढीले भोटेकोसी नदि छेउमा रहेका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी जानकारी दिएको छ । निर्माणाधिन १०२ मेगावाटको मध्यभोटेकोसी, माथिल्लो भोटेकोसी, शिवश्री हाइड्रोद्धारा निर्माणाधिन चाकुखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीको क्षतिको पूर्ण विवरण आउन नसकेपनि चाकुखो जलविद्युतच आयोजनामा काम गर्दै आएका मजदुर यादव काफ्ले र रामऔतार चौधरीलाई बाढीले बगाएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक यादव थापाका अनुसार उनीहरुको खोजीकार्य तीव्र पारीएको छ । बाढीमा परि घाइते भएका अन्य दुइजनाको उद्धार गरि आइतबार हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । बाढीका कारण अरनिको राजमार्गको बाह्रविसेदेखि तातोपानी खण्डमा विभिन्न स्थानमा सडक संरचना समेत क्षतविक्षत भएको स्थानीयले जानकारी दिए ।