खेतमा धान रोप्न जाँदा हिलाम्मे बर्षा

472

असार १५,
काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । असार १५ लाई दहि चिउरा खाने दिनको रुपमा लिनुको साथै विभिन्न ठाउँमा महोत्सव गरेर पनि मनाइन्छ । नायिका वर्षा सिवाकोटीलाई पनि रोपाईँ गर्ने रहर लागेछ । बर्षा धान दिवसकै दिन खेतमा रोपारहरुसँग बर्षाले खिचाएका तस्बिरहरु रमाइलो छ डटकमलाई प्राप्त भएको छ । तस्बिरमा बर्षा हिलाम्मे भएकी छिन् । उनले आफ्नो यो रुप म्युजिक भिडियो लागि भएको बताइन् । केही दिन अगाडी म्युजिक भिडियोको सुट भएको थियो । वर्षा अभिनित पछिल्लो समय ‘बीर विक्रम २’ फिल्म रिलिज भएको थियो । हिजोआज बर्षा म्युजिक भिडियोको छायाँकनै व्यस्त छिन् ।