असार १५,
विरगन्ज । नेपाल नाई संघ प्रदेश-२ को नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण र पर्सा जिल्लाको परिषद सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नु हुँदै नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दुवेदिले नाईहरुको हक अधिकार दिलाउने विषयमा पार्टीको सहयोग हुने बताउनु भयो । उनले नाई संघको संगठनको प्रसंशा गर्नु हुदै वडादेखी जिल्लासम्म प्रतिनिधित्व गराउने प्रतिबद्धता गर्नु भयो ।
ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुररी शर्मा र प्रदेश-२ का अध्यक्ष लक्षमण प्रसाद कुर्मीले संगठन बलियो भएमात्र श्रमिकको हक अधिकार दिलाउन सजिलो हुने हुदा संगठन विस्तार र सुदृढीकरणमा विशेष जोड दिनु पर्ने बताउनु भयो । विरगन्ज महानगरका उपमेयर शान्ती कार्की र कांग्रेस नेता राम नारायण कुर्मिले नाईको पेशागत हक अधिकारको पक्षमा पार्टीको सहयोग रहने बताउनु भयो ।
नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी, नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले अनौपचारिक र स्वरोजगार क्षेत्रमा तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा लागु हुने पर्ने माग गर्नु भयो । पर्सा कांग्रेस सचिव श्याम पटेल,ट्रेड युनियन कांग्रेस पर्सा जिल्ला अध्यक्ष छोटेलाल प्रसाद, बारा जिल्ला अध्यक्ष विश्वमणि शर्मा लगायतले नाईहरुको पेशागत हक हितमा सरकार उदासिन रहेको आरोप लगाउनु भयो ।