सरकारको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

379

असार १५,
काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

संविधानको धारा ५३ बमोजिम सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख छ ।