किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

170

असार १२,
काठमाडौँ । काठमाडौं गंगाहिटी बस्दै आएकी काभ्रेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङ पक्राउ परेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काम सकेर घर जाने क्रममा तामाङले बालिकालाई फकाएर आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेका थिए । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । बलात्कार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।