‘दाल भात तरकारी’ले ५१ औं दिन पार गर्दा आँचललाई आइफोन

326

असार ९,
काठमाडौँ । वैशाखको २० गते देखि प्रर्दशन भएको फिल्म ‘दाल भात तरकारी’ले ३ हलमा ५१ औं दिन पार गरेको छ । यहि अवसरमा फिल्म युनिटले सेलिब्रेशन कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नायक भुवन केसी, करिश्मा मानन्धर, निर्देशक प्रदिप भट्टराई लगायत फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म युनिटले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको छन् । साथै फिल्मकी नायिका आँचल शर्मालाई आइफोनको पछिल्लो भर्सन उपहार दिइयो । फिल्मका निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनायो भने आफुलाई केहि उपहार चाहिन्छ भनेको हुँदा उपहार दिएको बताए । यो फिल्मले ६ करोड ग्रस कलेक्सन गरेको छ ।