असार ९,
काठमाडौँ । नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय छिन् । प्रियंका विशेषतः ईन्स्टाग्राममा एक्टिभ छिन् । आफ्नो दैनिकीलाई ईन्स्टा स्टोरीमा अपडेट गरिरहेकी हुन्छिन् । प्रियंका कार्कीलाई ८ लाख भन्दा बढीले ईन्स्टाग्राममा फलो गरेका छन् । आफ्नो फलोअर्सका लागि प्रियंकाले सोमबार बिहानै ताजा तस्बिर पोस्ट गरेकी छिन् । जुन तस्बिरलाई लिएर प्रियंकाका फ्यानले विभिन्न खाले प्रतिक्रिया जनाइरहेका छन् । ब्ल्याक टु पिसमा प्रस्तुत भएकी निकै बोल्ड देखिएकी छिन् । गलामा सिक्री लगाएकी प्रियंका इन्स्टाको उक्त तस्बिरमा साँच्चै हेरुँ हेरुँ भएकी छिन् ।