अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

415

असार ३,
सुनसरी । दुहवी नगरपालिका-८ स्थित बाटोबाट ईटहरी उपमहानगरपालिका-१३ बस्ने साईकलयात्री ३० वर्षीय संजिव चौधरी र ३२ वर्षीय पशुपति चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।