एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुरु

165

असार ३,
काठमाडौँ । एनसीसी बैंकले अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु भएको छ । आषाढ ३ गतेबाट बैंकले भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकले भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएम र पिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ ।

बैंकको भिसा क्रेडिट कार्डको शुरुमा नै बैंकले असार महिना भरि नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने छ । हालसम्म बैंकले मुलुकभर १ सय २० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्बिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।