समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला

332

असार ३,
काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। क्लिनर २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँअस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।

रामेछापको दोरम्बा घर भएकी विमलां विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको छ। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।