यी हुन् दोस्रो श्रीमती बनेका अभिनेत्रीहरु

33

मुम्बई । मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ । शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेका कारण सानियासँग सम्बन्धविच्छेदको तयारीमा रहेको खबर अहिले भाइरल नै बनेको छ ।

बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए । उनीहरूलाई अन्यको घर तोडेको आरोप पनि लाग्यो ।

आएशा उमर

‘जिन्दगी गुलजार है’ फेम आएशा उमरमाथि शोएब मलिक र सानिया मिर्जाको सम्बन्ध तोडाउन भूमिका खेलेको आरोप लागेको छ । यतिबेला शोएब र आएशा प्रेममा छन् । जसकारण पनि शोएब र सानिया सम्बन्धविच्छेदको चरणमा छन् ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीले व्यापारी राज कुन्द्रसँग विवाह गरिन् । तर, शिल्पाअघि राजको पहिलो पत्नी कविता थिइन् । कविताले कैयौं पटक शिल्पामाथि आफ्नो विवाह तोडाउन भूमिका खेलेको आरोप लगाएकी छन् ।

बिपाशा बसु

यो सूचीमा अभिनेत्री विपाशा बसुको नाम पनि छ । फिल्म ‘अलोन’को सुटिङका समयमा अभिनेता करण सिंह ग्रोवरसँग उनको प्रेम भएको थियो । विपाशासँग प्रेममा परेपछि करणले पत्नी जेनिफर विंगेटसँग सम्बन्धविच्छेद गरेका थिए । उनले विपाशालाई सन् २०१६ मा श्रीमती बनाएका थिए ।

रानी मुखर्जी

अभिनेत्री रानी मुखर्जीलाई पनि सौताको ट्याग लागेको छ । उनी निर्माता आदित्य चोपडाको प्रेममा परेपछि आदित्यले पहिलो पत्नी पायलसँग सम्बन्धविच्छेद गरेका थिए । यो सम्बन्धविच्छेदपछि मात्र आदित्यले रानीसँग विवाह गरे ।

रवीना टण्डन

अभिनेत्री रवीना टण्डनमाथि पनि अर्को व्यक्तिको वैवाहिक सम्बन्ध बिगारेको आरोप लागेको छ । उनले वितरक अनिल थडानीसँग विवाह गरिन् । यद्यपि रवीनालाई भेट्नु अघि अनिल विवाहित थिए ।

श्रीदेवी

फिल्म निर्माता बोनी कपुरको प्रेममा अभिनेत्री श्रीदेवी थिइन् । यहीकारण बोनीले पहिलो पत्नी मोना शौरीसँग सम्बन्धविच्छेद गरे । यसपछि सन् १९९६ मा उनले श्रीदेवीसँग लगनगाँठो कसे ।

हेमा मालिनी

विवाहित अभिनेता धर्मेन्द्र हेमालाई देख्नासाथ प्रेममा परे । हेमालाई विवाह गर्न धर्मेन्द्रले खुबै पापड बेल्नुपर्यो । उनले इस्लाम धर्म अपनाएर हेमासँग विवाह गरेका थिए ।

अमृता अरोडा

अभिनेत्री अमृता अरोडा पनि यो सूचीमा पर्छिन् । सन् २००९ मा अमृताले शकील लडकसँग विवाह गरिन् । यद्यपि शकीलले पहिलो विवाह निशा राणासँग गरेका थिए । निशाले अमृतामाथि आफ्नो घर बिगारेको आरोप लगाएकी थिइन् ।