Tuesday, September 22, 2026
Home अपराध विदेश पठाउने भन्दैः दिल्लीमा पैसा लुटेर, किड्नी निकाल्न खोज्‍ने पक्राउ

विदेश पठाउने भन्दैः दिल्लीमा पैसा लुटेर, किड्नी निकाल्न खोज्‍ने पक्राउ

258

जेठ ३२,

काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई बेहोस् बनाएर सम्पत्ति लुट्ने र किड्नी निकाल्ने गिरोहमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरोले बनेपाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका योगेश सापकोटा रहेका छन्। सापकोटाको साथबाट प्रहरीले २२०५९ अमेरिकी डलर, ३५ हजार भारतिय रकम र १५ हजार नेपाली रकम बरामद गरेको छ। सापकोटालाई मानव बेचविखन तथा ओसारपसार एन २०६४ अनुसार अनुसन्धान र कारबाही हुने प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए। यस घटनामा अन्य नेपाली र भारतियहरू पनि संग्लन रहेका छन्,   जबराले भने, यसमा आबद्ध रहेका अन्य अभियुक्तको खोजी कार्य तीव्र पारिएको छ।

नयाँ बानेश्वरका एक व्यक्तिलाई क्यानडामा राम्रो तलब हुने र पिआरको व्यवस्था गरिदिने भन्दै ५ फेब्रुअरी २०१९ मा भारत लगिएको थियो। क्यानडाको लागि थप २२ हजार पीडितका परिवारलाई माग गरिएको अनुसन्धानले देखाएको छ। परिवारले रकम पठाएपछि पीडितलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याई बा र मामालाई बेहोस बनाएर किड्नी झिक्ने उद्देश्यले गुड गाउँस्थित एक होटलमा लगिएको बताइएको छ। विमानस्थलमा अलपत्र भएका पीडित परिवार खोज्‍दै गुड गाउँ पुग्दा बा र मामा बेहोसी अवस्थामा देखेर उपचार गर्न अस्पताल लगेका थिए। आफूहरू लुटिएको थाहा पाएपछि पीडित पक्षले प्रहरीलाई खबर गरेको थियो।