३३ बर्षमा प्रवेश गरिन नम्रता, जानौं उनका बारे २० कुरा

223

जेठ ३१,
काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठका पाइलाले आज ३३ बर्षमा टेकेको छ । उनको जन्मदिनको अवसर पारेर आज उनकै रेष्टुरेन्ट एटिकमा अपकमिङ चलचित्र ‘जाइरा’ को पोष्टर रिलिज गरियो । वर्थ डे केक पनि काटियो । भदौ ६ गते रिलिज हुने उक्त चलचित्रमा अभिनेत्री श्रेष्ठको समेत लगानी छ । यो चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा काम गरेकी छिन् । अभिनेत्री श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको आधिकारिक रुपमै जानकारी दिइन् । उनको जन्मदिनमा सवैभन्दा पहिले आफ्नो ‘राजा’ विस गरेको समेत सुनाइन् । नेपाली चलचित्र उद्योगको सबैभन्दा सुन्दर र रोमान्टिक अभिनेत्रीको रुपमा चिनिएकी नम्रताले अभिनेत्रीको रुपमा पहिलोपटक ‘सानो संसार’ मा काम गरेकी थिइन् । त्यसपछि उनले काम गरेका अधिकांश चलचित्र हिट छन् ।

१) नम्रताको जन्म जुन १४, १९८६ मा धरानमा भएको हो ।

२) नम्रताले मिडिया साइन्समा ब्याचलर गरेकी हुन् ।

३) नृत्य र गीत गाउन खुबै मन पर्छ उनलाई ।

४) नम्रताको आँखा ब्राउन छ, कपाल सेतो । हाइट ५.३ इन्च ।

५) नभ्यता नामक म्यागजिनमा कमभर छापिएसँगै नम्रताको मोडलिङ क्यारिअर सुरु भएको हो । त्यसपछि उनि थुप्रै कभरमा छाइन् । मोडलिङमा चिनिएपछि मात्रै उनले अभिनेत्रीको रुपमा यात्रा थालेकी हुन् ।

६) सानो संसारमा काम गरेपछि नम्रतालाई चलचित्रको ओइरो लाग्यो । तुरुन्तै २००९ मा ‘मेरो एउटा साथी छ’ मा काम गरिन् । यो चलचित्रले उनको फ्यान फ्लोइङ ह्वात्तै बढाएको हो ।

७) नम्रताको अपोजिटमा आर्यन सिग्देललाई धेरैले मन पराए । आगामी चलचित्र ‘मेरो एउटा साथी छ २’ मा पनि सोहि जोडि आउने चर्चा छ । यसअघि उनिहरुले केहि चलचित्रमा काम गरिसकेका छन् ।

८) नम्रता श्रेष्ठको सेक्स भिडियो सार्वजनिक भएसँगै ठुलो झमेलामा परिन् । ८ मिनेट लामो उक्त भिडियोले नम्रताको करिअरमा ठुलो ठेस पुराएको छ । दुःखद् कुरा के हो भने, नम्रताले ठ्याक्कै त्यतिबेला हिट चलचित्र ‘मेरो एउटा साथी छ’ प्रर्दशन भएको समय थियो ।

९) उक्त भिडियो सार्वजनिक हुने बेला नम्रता रेमन दास श्रेष्ठसँग नजिक थिइन् । भिडियो आइसकेपछि पनि रेमनले नम्रतालाई स्विकार गरिरहेका थिए । तर, नम्रता आफै टाढा भएकी थिइन् । बुझिएअनुसार रेमनले खुबै माया गर्थे, अहिले सम्म पनि उत्तिकै केयर गर्छन् ।

१०) हाल नम्रता दावा सेर्पासँग गहिरो प्रेम सम्बन्धमा छिन् । नम्रताका अनुसार दावासँगै बिहे हुने पक्का छ । दावाले नम्रताको निकै ख्याल गर्छन् ।

११) नम्रताले सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, मिस यु, सुनगाभा, छड्के, मौन, मेघा, नोभेम्वर रेन, ताण्डव, अर्धकट्टी, क्लासिक, पर्व, प्रसाद लगायतका चलचित्रमा काम गरेकी छिन् ।

१२) नेपाली चलचित्रकी सुन्दर अभिनेत्री नम्रताको टाइम म्यानेजमेन्ट निकै झुर छ । तर, उनि राम्रो डे«स सेन्स भएकी अभिनेत्री हुन् ।

१३) नम्रताको नाम रेमन दाश श्रेष्ठ, डीजे तान्त्रिक, प्रेम घलेसँग बढि मात्रामा नाम जोडियो ।

१४) एटिक बार नामक रेष्टुरेन्ट संचालन गरिरहेकी नम्रता विजनेश माइण्ड भएकी अभिनेत्री हुन् ।

१५) नम्रता लामो समय डिप्रेसन र एन्जाइटीबाट पिडित भइन् । चलचित्र क्लासिकको बेलामा डिप्रेसनमा परेकी नम्रताले झण्डैं ३ बर्ष यो समस्यावाट जुधेको उनले पहिलोपटक साप्ताहिकसँगको कुराकानीमा खुलासा गरेकी थिइन् ।

१६) नम्रता अन्य अभिनेत्रीको जस्तो सहजै उपलव्ध नहुने अभिनेत्री हुन् । उनलाई सहयोग गर्ने एकजना सहयोगी छिन्, उनकै माध्यमबाट सम्पर्क गर्नुपर्छ ।

१७) अध्ययनशिल नम्रता निकै सोचेर बोल्ने अभिनेत्री हुन् ।

१८) बिहान ५ देखी ६ बजेसम्म उठिसक्ने उनि राती ११ वजेसम्म सुतिसकेकी हुन्छिन् ।

१९) हरेक दिन बिहान अथवा साँझ निरन्तर जिम गर्ने नम्रता खानपानमा निकै ख्याल गर्छिन् । उनले नजिकको विश्वास गर्न लायकको रुपमा निर्देशक दिनेश राउत हो भन्छिन् ।

२०) नम्रतालाई आमा र ठुलो दिदिले बनाएको खाना निकै मन पर्छ । उनलाई मन पर्ने परिकारमा चाट पनि पर्छ । उनलाई कुकिङमा इच्छा हुँदैन । सोहि कारण विरलै भान्सामा पस्छिन् ।-saptahik