एजेन्सी, जेठ ३१,
काठमाडौँ । शांघाई सहयोग संगठन (एससीओ)को १९औं शिखर सम्मेलनमा भाग लिन किर्गिजस्तान पुगेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उठबस गरेको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । एससीओको १९औं शिखर सम्मेलन किर्गिजस्तानको राजधानी बिश्केकमा चलिरहेको छ । भिडियो सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्रीले विदेशी राष्ट्रप्रमुखहरूसँग गरेको व्यवहारमाथि प्रश्न उठेको छ । भिडियोमा देखिन्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खान दुवै एकैसाथ सम्मेलनस्थल पुग्छन् । खान मोदीभन्दा अलिक अगाडि हुन्छन् । खान सम्मेलनस्थलमा पुग्नेबित्तिकै आफ्नो कुर्सीमा गएर बस्छन् । त्यस अवधिमा प्रधानमन्त्री मोदी उभिरहन्छन् ।
त्यसैक्रममा सम्मेलनस्थलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आएको घोषणा हुन्छ । घोषणा भएपछि इमरान खान उभिन्छन् तर एकछिनपछि फेरि बस्छन् । इमरान बस्दा पुटिन त्यहाँ पुगिसकेका हुँदैनन् । पुटिन हलमा प्रवेश गर्दा विश्व नेताहरूले उनलाई उभिएर स्वागत गर्छन् भने इमरान ढसमस्स बसिरहन्छन् । पुटिनलाई देखेर उनी उभिँदैनन् । उनको यो व्यवहारमाथि प्रश्न उठिरहेको छ । भिडियो :
Imran Khan again caused national embarrassment at #Bishkek #ShanghaiCooperationOrganisation
When everyone was standing. He sat, stood when the presenter took his name but sat again.
Arrogant, ill mannered, or an idiot?
Your say? pic.twitter.com/tlec8nyyFh— Shama Junejo (@ShamaJunejo) June 13, 2019