एजेन्सी, जेठ ३१,
काठमाडौँ । बलिउड नायिका दीपिका पादुकोणले चलचित्र ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी नायक रणवीर सिंह र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर केही समय अघि बाहिरिएको थियो ।‘८३’मा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दैछिन् । अहिले रणवीर कपिल देवको भूमिका निर्वाह गर्नको लागि क्रिकेट सिकिरहेका छन् ।
यस्तैमा अहिले यो चलचित्रलाई लिएर दीपिकाको चर्चा बढेको छ । यो चलचित्रका लागि दीपिकाले लिएको पारिश्रमिकले गर्दा उनको चर्चा चुलिएको हो । यो चलचित्रका लागि दीपिकाले १४ करोड भारतिय रुपैयाँ बुझेकी छिन् । दीपिकालाई नै निर्माण टिमले यो रकम अफर गरेको भारतीय मिडियाले बताएका छन् । यो पारिश्रमिक नायिकाको हकमा धेरै हो । त्यसैले पनि उनको पारिश्रमिकको चर्चा हुनु स्वभाविक नै हो । दीपिका र रणवीरले भने पारिश्रमिकको बिषयमा केही पनि बोलेका छैनन् ।