अमिताभ बच्चनको ट्वीटर पाकिस्तानीद्वारा ह्याक

227

एजेन्सी, जेठ २८,
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । सोमवार साँझ ह्याक भएको ट्वीट भारतीय प्रहरीको सहयोगमा ‘रिकभर’ भएको छ । पाकिस्तानी समर्थित संगठन अय्यिलडिज टिम ले ह्याक गरेको जिम्मेवारी लिएको छ । ह्याक भए लगत्तै ह्याकरले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो राखेर पाकिस्तानको समर्थनमा केही ट्वीट गरेका थिए । साथै केही भारत विरोधी टिप्पणी पनि गरेका थिए । प्रहरीको सहयोगमा एकाउन्ट रिकभरी भएपछि मंगलवार बिहान अमिताभ बच्चनले केही ट्वीट गरेका छन् ।