Saturday, September 19, 2026
Home अन्तर्राष्ट्रिय व्यापार युद्ध : ट्रम्प र सीबीच जापानमा डिनर वार्ता हुने

व्यापार युद्ध : ट्रम्प र सीबीच जापानमा डिनर वार्ता हुने

154

एजेन्सी, जेठ २८,
काठमाडौँ । दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच यही महिनाको अन्त्यमा डिनर वार्ता हुने भएको छ। दुई शक्ति राष्ट्र बिच नौ महिना अघिदेखि व्यापार युद्ध भईरहेको छ । साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार जापानमा हुने जी(२० मुलुकको सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र सी चिनफिङबीच डिनर वार्ता हुन लागेको हो। यस विषयमा वासिङट्न र बेइजिङले औपचारिक जानकारी भने गराएका छैनन्।

जी-२० मुलुकका नेताहरूको बैठक जुन २९ र २९ मा जापानको ओसाकामा हुँदैछ। उक्त बैठकका क्रममा ट्रम्प र सीबीच जारी व्यापार युद्धबारे कुराकानी हुने तयारी भएको हो। बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता असफल भएपछि पछिल्लो समय दुबैले अर्को देशबाट आयात हुने सामान कर बढाएका छन्। गत साता फ्रान्स भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले आफूले सीसँग भेट्न लागेको बताएका थिए।