जेठ २६,
काठमाडौँ । विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलका नेतृत्वमा ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान पुल्चोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएको थियो ।