पुस्तक समिक्षाः नउघ्रेको जून उघारेर हेर्दा

365

–सङ्केत

भनिन्छ “साहित्य मानव जीवनको सामाजिक ऐना हो” नेपाली साहित्य सिर्जनाका बिभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढ्ेर आएको छ । सवै प्रकाशित विधाहरुका नाम सुन्न सम्म पनि ग्रार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भने मात्र हर प्रयास गरेर भिडिया हिट गर्ने तारतम्भ्य रचेको हुन्छन् । त्यसो हुदाँ पनि धेरैले हावा खान्छन् किनकी आजको जमानमा पाठकको मन र मस्तिष्कलाई नै जित्न सक्नु पर्नेछ । भनिनै हाले प्रकाशित सवै विधाहरु हेर्नेहो भने अरु कामलाई थाँती लगाए पनि हुन्छ । तर यसो गरिहाल्न हाम्रो आजको समाजमा सम्भव नहोला । त्यसैले रहरले साहित्य लेख्ने जमान छैन आजको । केहि भोगेको, केहि देखेको र केहि फ्यान्टसी वर्डको कल्पलाशील संसारमा रमेर सिर्जना गरको साहित्यहरूनै बढि चर्चा या सफल भएको पाइन्छ ।

त्यसै गरेर साहित्यकार जानु काम्बाङ् को फाट्ट–फुट्ट कतै गीत कतै कबिता सुन्दै आएको त बषौं पहिलादेखिनै हो । तर केहि बर्ष यता उहाँको नाम बिभिन्न मिडिया मार्फत युटुब लगाएत यन्त्र तन्त्रमा पनि चर्चामा देखिन थाले पछि मात्र ज्ञान भयो कि उहाँ त यो समयको चर्चित गीतकारको नामले पनि चिनिनु हुदोरहेछ । तेसोत नेपाली चलचित्र मट्टिमालाको आइटम गीत चर्चामा आए पछि अरू धेरै फिल्ममा गीत पनि लेख्न तल्लिन देखिएका जानु काम्बाङले उहाँको शिविरमा ईश्वर कबिता सङ्ग्रह, अनुभव र जानु नामका गीती एलबम पनि बिमोतिच भै सकेको समाचार धेरै मिडिया मार्फत देख्न र सुन्न सकिन्छ ।
आज भने म उहाँको भर्खर गोदावरी बुक्स सेन्टरले प्रकाशनमा ल्याएका नउघे्रको जून कथा सङ्ग्रहको समीक्षा गर्ने जमर्काे गर्दै छु । समीक्षा भनेको विधाले उठान गरेको राम्रा नराम्रा पक्ष पक्ष्यान्तरलाई उतार्नु भन्दा पनि त्यसको सौन्दर्यलाई उतार्नु हो । यो या त्यो गरे राम्रो । अथवा त्यो नभएर नराम्रो भन्ने मेरो समीक्षा पर्दैन । साहित्य आफ्नो मनबाट अनि प्रत्यक्ष देखेर, मनन गरेर अफ्नै भाषा र लयमा उतारेर समाज र पाठकको हातमा सुम्पिनु हो । जब प्रकाशीत भएर पाठकको हातमा पर्दछ पढे लेखेकाले मात्र लेख्ने नी हैन साहित्य र नपढेकाले नबुझ्ने पनि हुनु हुन्न आजको साहित्य । साहित्य सरल, सरस र बोधगम्य हुन जरूरी छ ।

यहाँ समावेस भएका लामा छोटा जम्मा बीशवटा कथाहरू आ–आफ्नो परिवेशमा जन्मे हुर्केका छन् । आसिक कथाहरू लामा छन् त कोहि मझ्यौंला खालका । जानुका कथाहरूलाई कथागत प्रवृत्तिको परिवेशमा मुख्यत निम्न वर्गमा राखेर हेर्न सकिन्छ ।
(क) मनोवैज्ञानिक चित्रण र प्रयोग
(ख) डायस्पोरिक जीवन प्रभाव
(ग) यथार्थपरक तथा ग्रामीण परिवेश
(घ) नारीवादी स्वर र पीडा
(ङ) विसङ्गतिवादी द्वन्दको प्रभाब र प्रवृत्ति
(च) नैराश्यतामा भय प्रयोग

अहिले भने उहाँका केहि प्रतितिधी कथाहरूकालाई हेरौं ।
“नउघ्रेको जून” कथा जानुका काम्बाङ् लिम्बूद्वारा लेखिएको उत्कृष्ट वैज्ञानिक कथा हो । यो कथाले फिदिम सेरोफेरोलाई फिचरिङ् गरेको छ । फुच्ची (इच्छा) नामकी एक सुन्दरी माथी जिवन (पेसा पुलिस) ले एकतर्फी मन पराए पछि कथा अगाडि बढ्छ । उनका बाबाआमा दुवैजना माओबादिको द्वोन्दकालमा मारिए पछि एक जना होटलका साहुनीले काम गर्न राखेकी हुन्छिन् । बिहान बेलुका काम र दिनमा स्कुल जान्छिन् । स्कुल पढाउन पठाउने साहुनी को यो उदाहरणीय कार्यले समाजमा परिवर्तनकोलागी गहन भुमीका खेलेको देखिन्छ । जिवनले पानीधारा लगाएत बनपाखामा पटक–पटक इच्छालाई बोलाउदा नबोले पछि जिवनले गरेको धैर्यतालाई देख्दा उनी एक भद्र भलाद्मी पुरुष भएर उभिएका छन् कथामा । इच्छा अचानक पहाड गएपछि फर्किन्नन् तर उन्को बोली नआउने कुरा सुने पछि जिवनलाई आत्मग्लानी हुन्छ । मन खिन्नताले भरिएर पोखिन्छ । बल्ल आज उस्ले सोधेका प्रश्नहरुको जवाफ किन फर्किएन छ भन्ने कुराको बोधगभ्य हुन्छ । इच्छा बोल्दीहुन के के भन्थिन् होलीन । कति रिसाएकी थिइन या खुशीमा थिइन् । उन्को कलिलो मनमा कस्तो प्रभाव पर्याे होला ? बोल्न सकेको भए जिबनले पहाड जान बाटपो रोकथाम गर्थे कि ? अनि अर्काे मेरो मनमा खड्किएको कुरा भने (किन लेखेर अभिव्यक्त गरिनन् इच्छाले) भन्ने हो ।
एकदिन, पहाड गएकी इच्छा सानो बाबाको बलत्कारीको पीडालाई बिर्सन झुण्डीएर मर्छिन् । छानमिन गर्न जाँदा जिवनले उक्त घटना आफ्नै आँखाले देख्छन् र लेख्छन यो कथा “नउघ्रेको जून” ।
“बिछोडको पीडा” यो कथा यथार्थबादी कथा हो । गाँउ घरमानै डकर्मी काम गरेर तातो पिरो खाएर बसेको हर्के पैसा कमाएर आफ्नो र मुन्दमीको सपना सजाउन ऊ मलेसिय लाग्छ । बिबाह पश्चात घरमा मिलेर बस्न नसक्नाले आमाजु र ससुरा संग छुट्टिएर बस्न पुग्छन् । गाउँको बारिमा अलैंची फलाउने र बिर्तामोडमा घर बनाएर साना छोरीहरुलाई राम्रो शिक्षा दिने सपना देख्छ ऊ । तर सोचेको सबै सपना साकार हुन्न भन्ने कथाको माग देखिन्छ । मलेसियाको सरकार नेपाल जस्तै छ । गुण्डालाई राहत दिन्छ । बिना सर्तमानै सानो कुरामा झपड गर्न खप्पिस छन् यहाँका यूवाहरु । यहाँ हुन पनि यस्तै भैरहेको छ । मरे पछि लास मात्र नेपाल भित्रिन्छ कारण बिना । गरीव राष्ट्र हुनुको पीडा पछाडि मात्र हर्केको लास फर्किन्छ नेपालमा । बिडम्बना त यो पनि भै दिन्छ कि मुन्दुमी बिहोस भएर लडे पछि प्यारालाइसिस हुन्छीन् । साना छोरिहरुले कसरी पाल्लान् ? जो सानै छन् । यसरि कथा एक अनिश्चितता को मोडमा पुगेर टुंगिन्छ ।

“ऊ मेरो बाबा हैन” उत्तर आधुनिक मझधारमा उभिएर लेखिएको प्रायः हाम्रो समाजमा घटि रहने कथा हो । यहाँ आफ्नो बाबा र बोइ फ्रेनको आमामा पनि लभ मात्र हैन बच्चा सम्म पाउदा देखिएको एक नाटकीए रंगमञ्चीत कथा हो यो । घरमा सोझी श्री मती र कलकलाउदी छोरीको बाबा भएर रामधन ले हद नाघेको देखिन्छ । कथाको मुल मर्म भनेको बिहाइन्ड सिन लोग्ने मान्छेले गर्ने एक घातक चर्तिकलालाई चित्रण गर्नु यो कथाको मुख्य उदेश्य ठहर्छ ।

“तथा कुमारी आमा” यो कथा वास्तविक सत्य घटनामा आधारित एक कथा हो । एक इन्डोनेसीएन केटी गर्भ पतन गर्न आउदा आफ्नै लोग्नेको नाम रिपोर्ट फाएलमा लेख्नु पर्दा जो कोही एक श्रीमतीलाई कस्तो चोट पर्ला ? तर पनि नर्मा आफ्नै श्रीमान सरमानले गर्भवती बनाए पनि नानी फाल्न आँट्दा बचाएकी हुन्छीन्् । कथाकारले त्यहाँ घट्ने सत्य घटनालई सटिक रूपले चित्रण गर्नुको साथै एक मानवीय गुण व्यत्त गर्रिको पाइन्छ ।

१. पात्रचयन
कथामा पात्रका मनोदशा, चयन, पात्र नामाकरणले पनि धेरै प्रभाप पार्दछ । बीशवटै कथामा प्रयोग भएका नामहरू कथामा मेल खाएर रमेका छन् । हरेक पात्रलाई न्यायपूर्ण तरिकाले आ–आफ्नो रोलमा उभ्याईएको छ । सबै समय अनुरूप कथामा उत्रिएका छन् । कतै नाम मात्र दिएर ओझेलमा पारिएको छैन । त्यो एक आख्यानकारमा पर्ने कला हो ।
“म” पात्र भएर लेखिएको धेरै कथाहरू पाइएकाले कतै लेखीकाले नै भोगेका घटनाहरू उद्दृत गरिएको पो हो कि भन्ने भान पाठक वर्गलाई पर्न जान्छ । जस्तैः रत्न पार्कका अल्झिएको मन, नर्माः अर्थात कुमारी आमा, बेहुली सपना, यसरी अस्तायो एउटा तारा, हरियो कुर्ता आदी हुन् ।

कुनै पनि साहित्यका विधा शब्द मात्र होइन । यसले विगत र वर्तमानलाई मात्र बोकेर हिडेको हुदैन । त्यसले निश्चय नै समाजमा उब्जिएका मानवीय पीडा, अपेक्षाहरूलाई अभिव्यक्त गर्नुपर्छ । नियतिको रूपमा भोगिइएको जीवनलाई समेटेर नयाँ जीवन र समाजको विकास सम्भव छ कि छैन भनेर पात्रहरूको संवादद्वारा न्याय गर्न सक्नुपर्छ । जुन यहाँका तमाम कथाहरूमा पाउन सकिन्छ ।

२. बियोगात्मकताः यहाँ बियागान्त भन्ने बित्तिकै नकारात्मक तरिकाले हेरिने समालोचकिय दृष्टि छ, बुझाई छ । त्यसोत सकारात्मक कुरा मात्र हाम्रो समाजमा घटेका हुन्नन् । समाजका विध्यमान घटिरहेका घटनाहरूलाई उतार्नु र त्यसको समाधानलाई पनि परि पुर्ती गर्न सक्नु र सचेतता दिन सक्नु ठुलो देन हो ।
नउघ्रेको जून, बिछोडको पीडा, मालतीको आत्म हत्या, बेहुली सपना, सैनिकको जीवन र पश्चातापले जलेको मन जस्ता कथाहरूमा पात्रहरूले आत्महत्या गर्नु अर्थात लडाई र झगडामा कसैबाट मारिन पुगेका छन् । अझैं पनि नेपाली समाजमा नारी प्रतीको स्वतन्त्रतामा जक्तिनै विकुल फुकिएता पनि आन्तरीक मामलाहरू ज्यूँका त्यूँ देखिन्छन् । तमाम कथामा प्रेममा उपस्थित भएर पछि चुँडिएका छन् । तितर वितर भएका छन् । उहाँका पीडा, उत्पीडन, छुवाछूत र अभावमा लेखेको देखिन्छा् । कथा “हाङ्मा” मा कान्छा छोराको बाहरूनी बुहारीले छोएको खानु र लिम्बुनी बुहारी हाङ्माले छोएको नखानुले समाजमा अझैँ परिवर्तन नआएको कुरा प्रकट गरेको पाइन्छ ।

३. परिवेशहरू
कथाका परिवेशलाई हेर्दा दुई खण्डमा बिभाजित गरेर हेनु पर्ने देखिन्छ ।
(१) डायास्पोरिक पीडाः
जस्तैः हाङ्मा, बिछोडको पीडा, ममतविहिन, पश्चातापले जलेको मन, ढलेको घर र जलेको सपना, भाडको समाधिमा क्याप्टन साल्लु र हजुरबा र युद्धको कथाहुमा विदेशमा भोगेका कुराहरू उदृत छ । समाजमा विद्यमान कथित शक्ति त त्यसको दमन, उत्पीडन, त्यसको उपेक्षा सबै चिर्न सक्नुपर्छ । तर हाम्रो समाज निरपेक्ष छैन, श्रेणीगत विभाजनमा तमाम विभाजित दुःखी आत्माहरू जिउँदानै छन् । त्यसैले पनि कथाकार जानु काम्बाङ लिम्बु समाजको यथार्थलाई राम्ररी खोतल्न सक्षम भएको देखिन्छ । मुख्यतः विदेशमा गएर भोगिने अथाह दृश्यहरू कथामा सफलताका साथ बाँधिएका छन् । त्यत्ती मात्र हैन, सत्यता लुक्न सक्दैन भनेझैँ “ढलेको घर र जलेको सपना”मा आज प्रयोगमा आउने आधुनिक उपकरणहरू चलाउदा ध्यान नदिदा घट्ने घटनाको ज्वलल्त उदाहरण यो कथामा समावेश छ । पहिलो पटक यूनाले हंशुको मुवाइलमा आपूmसंङ्ग कामगर्ने सहकर्मी आइमाइबाट “आइ लझ यू” भनेको शव्द देखेबाट उनको जीवनमा छाएको कालो बादल अर्काे एकदिन झन् हंशुले कम्पुटरमा लगआउट नहँुदा देखिएको कर्तुसबाट युनाले एक्लो बटो रोजेबाट महशुस हुन्छ डाएस्पोरामा रहनुको पीडा । झन् शत्य घटनामा आधारित “हजुरबा र युद्धको कथा”मात झन् मन भक्कानीएर आउछ । यस्तो अवस्थामा रहेका योद्दाहरूलाई राष्ट्रले के कत्ति हेर्याे त्यसको लेखाजोखा हुन भने सकेका छैननै ।
(२) ग्रामीण पीडाः
बिछोडको पीडा, नउघ्रेको जून, नियतीको लिला, हरियो कुर्ता, सैनिकको जीवन, मंसिरे र खोललो छोरा फिर्ता दिएन कथाहरू ग्रामीण जनजीवनमा हुर्किएका कथाहरू हुन् । कथाकारले पहाडी भुभागमा घटित घटनाहरूलाई सटिक तरिकाले उतार्न सक्नु कथाकारकारको अर्काे क्षमता हो भन्न सकिन्छ । नियतीको लिलामा माओबादको आन्दोलनको उपजले अकालमा निमुखा जनताले आहुती दिन परेको पीडा । हरियो कुर्तामा परेको एक प्रभाव र इच्छा । मंसिरेमा गाँउमा हस्पिटल नहुनुको परिणाम आदीले कथाले गला अवरूध्द हुन्छ । यस्तै, विश्वमा स्थापित साहित्यका हस्तीहरूले पनि समाजमा विद्यमान उत्पीडन र अभावमा मुक्तिका विरोधमानै कलम चलाएका छन् । जस्तैः पुराना कथाकार जोसेफ रूडयार्ड किप्लिङ् देखी आजका जल्दाबल्दा समकालीन बेलायती कथाकार सेर्रा हलले पनि समाजमा देखिएका समस्यालार्ए इंकित गरेको पाइन्छ । तर यस्ता कथामात्र नभएर जानुले भविस्यमा मिस्टिरिएस कथाहरू पत्रि पनि अभिरुचि देखाए हुन्थ्यो भन्ने आग्रह छ ।
४. भाषाशैली
मातृ भाषाको प्रयोग ः लेखक आफै एक लिम्बु परिवेशमा हुर्किएर होला उहाँका लेखनशैली अत्यन्त सरलत छदैँ छ त्यसमा पनि पुर्वी भेगका गाउँघरको बोलीचाली, लिम्बूवानको जीवन चरित्रको घुलमिल भएको पाउनुको साथै उहाँका कथामा आफ्नो मातृ भाषा प्रयोग प्रसस्त गरिएको पाइन्छ । जस्तैः आरेरेरे, तुम्बा, चोर्कलम, शुभाङ्गी, कुमाक्लीं, जेठा थेम्मु पोक्से, हाउ आदी । पात्रको नाममाः हाङ्मा, नुमा, युमा र हाप्पुरे आदी देख्न पाइन्छ । यी लागाएत लाहुरमा बोलीने फौंजी लवाजहरू पनि भित्रिएको पाइन्छ ।
नेपालीमा दोष ः भीरलाई भिर, ठानालाई थाना, खर्कलाई खार्का, बेलुकालई बिलुकी, बजुलाई बोजु, छेमालाई छ्यामा आदी ।
अंग्रेजीमाः भाषाको प्रयोग पनि कथामा नभएको हैन । फिङ्गर क्रस नभएर फिङ्गर्स क्रस्ड । स्कोरर्ललाई स्कोर । मेस ब्यारेक, सिग्नल, क्याम्प, कन्ट्रोल, फेमीली क्वार्टर, ट्राइ, हेडक्वाटर, ट्रेनिङ्, भाषामा केही अशुद्द देखीएकाले आउदो संकरणमा सुदृढ भएर आउन । आर.पी (रेजिमेनट पुलीस) जस्ता सर्टफमलाई किताबको अत्यमा राख्न सकेको भए सुनमा सुगन्ध हुने थियो ।

सारांसः
बीशबटा ्कथा जम्मा १७४ पेजमा सजिएका कथा पढेर मन नथामीएपछि समीक्षा गर्ने जमर्काै गरे । हुनत योनै मेरो पहिलो समीक्षा भने पक्कै हैननै । मैले माथी गरिएको समीक्षा आजको समीक्षक फम्र्याटमा आधार राखेर गरेको छुँ । साहित्यकारले आफुले लेखेका सवै राम्रै लागे पनि पाठकको आँखा र मनले देखिने भाव र बुझाईमा फरक पर्ने गर्दछ । मलाई पिरलो लागेको आजको नेपाली साहित्यमा के हो भने समाजमा व्याप्त भष्ट्राचार, विविध शोषण, विविध भेद–विभेद, अन्याय असमानताविरुद्ध अधिकारका लागि सचेत भएर एउटा न्यायपूर्ण जीवनयापनका लागी कस्तो खालको साहित्य सम्भव र प्रभावकारी होला भन्नेमा हो ? यस्ता विषयमा लेखकले पात्रका सुहाइला चरित्रहरू कसरी जन्माउने, कसरी हुर्काउने अनि त्यसलाई परिवर्तन र समाजमा सुखी जीवन प्राप्तिका लागि कसरी एउटा फम्र्याट तयार पार्ने ? जस्ता अनगिन्ती प्रश्नले कहिलेकाही म मौनतामा अडिन पुग्दछु । आजको नेपाली साहित्य परिपेच्छमा लेख्ने प्रवित्र्ती धेरै गुणा बढे पनि समीक्षा र समालोचना नगन्य मात्रामा भएका छन् । आज लेखक धेरै छन् समीक्षक थोरै । त्यसैले आजका नयाँ पुस्ताले लेखन र समीक्षालाई पनि एकै साथ लानेछन् भन्नेमा हामी दृढ रहौं । लेखकका आउदा दिनहरूमा मेरा माथी उदृध विबिध विषयलाई समेटेर अरू गहन कथाहरू लिएर आउनेनै छन् भने एक आब्ह्वान पनि हो । समग्र कथाहरू हेर्दा उहाँमा जुन एउटा पोजेटिभ क्षमता देखिएको छ, त्यो झनै माझिँदै जानेछ भन्दै उहाँको आउदा साहित्यीक यात्रामा अनेकौं शुभकामना ।