भक्तपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

211

जेठ २३,
भक्तपुर । भक्तपुरबाट मोटरसाईकल चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ घर भई सल्लाघारी बस्ने २३ वर्षीय शरण तामाङ रहेका छन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित बा।८८ प २६५३ नम्बर र बा।९४ प ९५३७ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल चोरी गरी सल्लाघारी चोकतर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । चोरीमा संलग्न अर्का एक व्यक्ति भने फरार रहेको र उनको प्रहरीले खोजी गरिरहेको छ । उता पर्सा, वीरगंज महानगरपालिका १५ बसपार्कबाट बा।४८ प १८४५ नम्बरको मोटरसाइकलको लक तोडी चोरी गरी लैजादै गरेको अवस्थामा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ वर्षीय नकुल रुम्बा तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका १ बस्ने ३४ वर्षीय रमेश लामा र ५० वर्षीय अमित कुमार थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।