सलमान खानको ‘भारत’ ले तोड्यो आफ्नै रेकर्ड

77

जेठ २३, एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज भयो । यो फिल्मले इदको भरपुर फाइदा उठाएको छ । फिल्मले भारु. ४२ करोड ३० लाखमा बम्पर ओपनिङ्ग गरेको छ । सलमानको भारत लाई दर्शकले रुचाइरहेका छन् । भारतिय ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मलाई ५ मा ४ स्टार दिएका छन् । उनले ट्विटर मार्फत फिल्मले ४२ करोड ३० लाख कलेक्सन गरेको जानकारी पनि दिएका छन् । यो फिल्म भारतमा ४७०० स्क्रिनसमा प्रर्दशन भइरहेको छ भने ओभरसिजमा १३०० भन्दा बढि स्क्रिनमा लागिरहेको छ । सलमान खानको ‘भारत’ले तीन रेकर्ड कायम गरेको छ । इदमा रिलिज गरिएको फिल्म मध्ये बम्पर ओपनिङ्ग, यो वर्षको बम्पर ओपनिङ्ग र सलमानकै करियरकै बम्पर ओपनिङ्ग गरी तीन रकर्ड राखेको छ । यो वर्ष भारतले ४२ करोड ३० लाखमा ओपनिङ्ग गर्दा ‘कलंक’ले २१ करोड ६० लाख, ‘केसरी’ले २१ करोड ६ लाख, ‘गलीव्वाई’ले १९ करोड ४० लाख र ‘टोटल धमाल’ले १६ करोड ५० लाखको ओपनिङ्ग गरेको थियो । सलमान खानले सन् २००९ मा ‘वान्टेड’ देखि हरेक वर्षको इदमा फिल्म रिलिज गरिरहेका छन् । २०१० मा रिलिज भएको ‘दबंग’ले १४ करोड ५० लाखमा ओपनिङ्ग गरेको थियो । त्यसैगरी, २०११ मा ‘बडिगार्ड’ले २१ करोड ६० लाख, २०१२ मा ‘ईटिटि’ले ३२ करोड ९३ लाख, २०१३ मा ‘किक’ले २६ करोड ४० लाख, २०१५ मा ‘बज्ररंगी भाईजान’ले २७ करोड २५ लाख, २०१६ मा ‘सुल्तान’ले ३६ करोड ५४ लाख, २०१७ मा ‘रेस ३’ले २९ करोड १७ लाख कलेक्सन गरेको थियो ।