फिदिम बजारमा आगलागीः निभाउने प्रयास जारी

194

जेठ २३,
पाँचथर । पाँचथर सदरमुकाम फिदिमको मध्य बजारमा आगलागी भइरहेको छ । केहीबेरअघि सुरु भएको आगो निभाउने प्रयास भइरहेको छ । फिदिम-१ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको बीचमा रहेको एक कच्ची घरबाट आगलागी सुरु भएको हो। उक्त घरमा रहेको फलफूल पसलबाट सुरु भएको आगो बढ्दै गएपछि सतर्कता अपनाइएको छ। सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ। kantipur.com