जेठ २२,
काठमाडौँ । फिल्म ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नायिका नम्रता श्रेष्ठलाई मात्र प्रस्तुत भएकी छिन् । फिल्ममा उनको शिर्ष भूमिका छ । टिजरमा नम्रताको शानदार एक्सन स्टन्ड देखाइएको छ । फिल्मको लागि नम्रताले निकै मिहेनत गरेको टिजरमा झल्काइएको छ । आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सृर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ । ‘जाइरा’ को टिजर हेर्नुस् :
फिल्ममा एक्सन निर्देशनको रुपमा सम्राट बस्नेतको रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेको छन् । यो फिल्म भदौ ६ गते देखि प्रर्दशन हुँदैछ ।