सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर राणाको निधन

72

जेठ १७,
काठमाडौं । सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्गबहादुर राणाको हृदयघातका कारण निधन भएको छ। उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिनअघि निधन भएको हो। टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए।
उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्रिया गरिएको थियो तर सो शल्यक्रिया बिग्रियो। त्यसपछि दोश्रो पटक शल्यक्रिया गर्दा पनि समस्या आयो। त्यसपछि थप जटिल बनेको उनको स्वास्थ्यका कारण उनको कलेजोमा समस्या देखियो जसका कारण कलेजो काट्नुपरेको थियो।

कलेजो काटिए पश्चात उनी कोमामा जाने(आउने गरिरहेको उनी निकट श्रोतले बतायो। राणाले सन् १९६७ मा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको स्थापना गरेका थिए। सो होटलले हालैमात्र नेपालगन्जमा चार तारे सोल्टी वेस्टइन्ड प्रिमियर होटल खोलेको थियो। त्यसैगरी उनले सन् १९८२ सिप्रदी ट्रेडिङ प्रालीमा खोलेर नेपालमा टाटा मोटर्सको वितरण सुरू गरेका थिए। यसका अलावा उनी सम्मिलित सिप्रदि समूहले उत्पादन तथा जलविद्युत क्षेत्रमा समेत लगानी गरेको छ। यस समूहको सूर्य नेपाल तथा भोटेकोशी हाइड्रोपावरमा लगानी रहेको छ।