बामदेव गौतम भन्छन् ‘सरकार परिवर्तन नभए पार्टी एकीकरण सम्भव छैन’

238

जेठ १७,
प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् । शुक्रबार प्रेस संगठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘जे सहमति भएको हो, त्यो हुन्छ कसैले उल्लंघन गर्दैन ।’

सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षिय भएको नेता गौतमले उल्लेख गरेका छन् । जनपक्षिय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दावी गरे । बैदेशिक ऋण बढि भयो भन्ने पत्रकारहरुको जिज्ञसामा उनले भने, ‘ऋण लिनै पर्छ विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’ स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दिर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । भ्रष्टचार नियन्त्रण गर्नुपर्ने भन्दै उनले भने, ‘सिष्टममा केही अफ्ठ्यारा छन्, अव सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ ।’

मिडिया काउन्सिल विद्येयक, सार्वजनिक खरिद ऐन लगाएका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाई छ । भ्रष्टाचार नहोस् भनि बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झनै बढेको उनको दाबी थियो । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले अपराधिक गतिविधि शुन्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सवै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाई थियो । आफु पनि नेपाली कांग्रेसको सर्पाेटर उल्लेख गर्दै उनले असल प्रतिपक्षको भुमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह गरे ।