कांग्रेसको जागरण अभियानमा धाराको नल सफा गरेर हुदैँन मुहानको मुल सफा गर्न जरुरी छ

108

जेठ १६,
सि बि क्षेत्री प्रबेग ।
नेपाली कांग्रेस नेपालको पुरानो लोकतान्त्रिक समाजबादी पार्टी हो। जसले मुलुकको सबै परिवर्तनमा कुशलताको अहम भुमिकाको नेतृत्वको निर्वाह गर्दै आएको छ । हरेक काल खण्डको परिवेशलाई बृहत दृष्टिकोणले हेर्दा नेपालि कांग्रेस एक अवल पार्टी हो । आज आएर पार्टी इतिहासकै कम्जोर अबस्थामा गुज्रिएको छ ।नेतृत्व तहका नेताहरू पिठ फर्काएर बसेका छ्न भने तल्लो निकायका कार्यक्रताहरु कुहिरोमा हराएका काग झै रुमलिएका छ्न ।

आफ्नो नेतृत्वको सरकारले गराएको निर्वाचनमा अपत्यारिलो हार ब्यहोरे सङ्गै पार्टीको आन्तरिक किचलो झन सतहमा आएको छ । चरम अनुशासन हिनता, गुटबन्दी, अन्तरघात र बेथितिको कारणले पार्टीको संगठन कमजोर अवस्थामा छ । शदिऔ देखि परिवारको बेवास्ता गरि पार्टी प्रती आफ्नो अमुल्य योगदान गर्नेहरु पर्दाभित्र लुकिरहेको अवस्था छ । उनिहरुको मुल्यांकनको कुनै लेखाजोखा छैन । नेतृत्वले हरेक कार्यक्रममा एक अर्कालार्इ आरोप लगाउदै कार्यक्रम समापन गर्दा तल्लो तहका कार्यक्रता आफ्नो नेता प्रतिको सदभाव देखाएर ताली बजाउन पछाडि पर्दैनन् । सिङ्गो पार्टी प्रती समर्पित नभएर गुटको किराना पसल थापेकाहरु जमातले पार्टीको धरातल खुम्चिएको छ । ईमानदार कार्यक्रताहरु तुहालोमा हराइरहदा पार्टी प्रती लगाव कमजोर भएको छ । तीन तिर फर्किरहेका शिर्ष नेताहरु पार्टीको भिजन र मिसन समर्पित भन्दा गुट कसरी बलियो बनाउने भन्ने कुस्तिमा रहेका छन् । यहि कुस्तिको प्रथाले तल्लो तहका कार्यक्रर्तामा विभाजन ल्याउदै पार्टीलाई कम्जोर बनाउने षड्यन्त्र भइरहेको देखिन्छ।

निर्वाचन हारे देखि नेतृत्व तहका नेताहरू भिजन र आगमिक कांग्रेसको रणनीतिको खाका भन्दा आरोप र प्रत्यारोपमा दिन खर्चिरहेका छ्न । पार्टीलार्इ चुस्त दुरुस्त बनाउने कुशल महान नेतृत्व चाहिएको छ । त्यसको निम्ति तल्लो तहका कार्यक्रतामा एक्यवद्धता खाचो आवश्यक रहेको छ । पार्टी प्रती चिन्तन गर्दै पार्टीको आगामि रणनीति र प्रष्ट उल्लेखित भिजन आउनेमा महाअभियानले पार्टी प्रतिको मुहान सफा राख्न सक्ने देखिन्छ । अभियानको मुल मर्म एकताको सन्देश हो । ईमानदार कार्यक्रतालाइ मुल्यांकन गर्दै बलियो कांग्रेस र ईमान्दार कांग्रेस बनाउनका लागी नेतृत्वको मुहान सफा राख्नु आवश्यक छ ।