जेठ १४,
भक्तपुर । प्रहरील भक्तपुरको जगाती चेकप्वाईन्टमा काठमाडौँ उपत्यकाबाट बाहिरीने र भित्रिने सवारी साधनहरुको चेक जाँचको क्रममा एक जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
बनेपा तर्फबाट काठमाडौँ तर्फ संकास्पद रुपमा आउँदै गरेको २ जना सवार बा.४१ प.३१५५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्न खोज्दा भाग्ने खोज्ने धनकुटा साँगुरीगढी गाउँपालीका वडा नं. ७ का राजेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राइको साथबाट प्रहरीले ३ सय ९६ थान लागु औषध एम्पुल लगायतका सामानहरु बरामद गरेको समेत जानकारी दिएको छ ।
उक्त मोटरसाईकलको पछाडि सवार रहेका उनले बोकेको कालो रंगको झोलामा राखेको अवस्था विभिन्न प्रकारका लागु औषध सहित पक्राउ गरिएको परिसर भक्तपुरका सुचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बताए ।
यसबारेमा आवश्यक अनुसन्धान भई रहेको र लागु औषध ओसार पसार तथा बिक्री बितरणमा संलग्न अन्य अभियुक्तहरुको खोजतलास कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।