मोटरसाइकल चोरेर चलाउदैं गर्दा प्रहरीको फन्दामा

150

जेठ १४,
भक्तपुर । मोटरसाइकल चोरी गरि बिक्रि वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरका विभिन्न स्थानमा चोरी भएका मोटरसाईकलहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा मोटरसाइकल सहित ६ जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालीका वडा नं. ६, घर भई हाल काठमाडौ बौद्ध बस्ने २९ वर्षको विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालीका वडा नं. ५, फेदीगुठ घर भई हाल काठमाडौ जिल्ला बौद्ध जारपाटी बस्ने १९ वर्ष प्रविन बरुवाल रहेका छन् । त्यसैगरि ओखलढुंगा सुनकोशी गाउँपालीका वडा नं. ३, सिस्नेरी बस्ने २७ वर्षको प्रेम बहादुर कटवाल, सोही जिल्ला सुनकोशी गा.पा.वडा नं. २, कोटबेशी बस्ने २२ बर्षको भिजन कार्की पक्राउ परेका छन् ।

खोटाङ जिल्ला खोटेहाङ गाउँपालीका वडा नं. ९, घर भई हाल उदयपुरको त्रियुगा नगरपालीका वडा नं. ३ बस्ने ३३ वर्षको सुरेश राई र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउले बस्ने ३१ बर्षको उमेश तामाङ रहको परिसर भक्तपुरले जानकारी दिएको छ ।
वास्तविक नम्बर फेर्दै नयाँ राख्दै

सूर्यविनायक नगरपालीका वडा नं. ५ सल्लाघारीबाट विजय मानन्धर र प्रविन बरुवालको साथबाट वास्तविक नम्बर प्रदेश ३–००२–००४ प ६४७१ परिवर्तित नम्बर बा ९८ प ७३९४ बरामद भएको छ । महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौ संग समन्वय गरी बरुवालको डेरा कोठामा राखिएको वास्तविक नम्वर बा ९८ प ५५१३ परिवर्तित नम्बर प्रदेश ३–०२–००३ प ४३८६ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा संग समन्वय प्रेम बहादुर कटवालले प्रयोग गर्दै आएको वास्तविक नम्बर प्रदेश नं. ३–०२–००१ प ७४७९ परिवर्तित नम्बर प्रदेश ३–०२–००२ प २६३८ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरपुर संग समन्वय गरी प्रतिवादी सुरेश राईले प्रयोग गर्दै आएको वास्तविक नम्बर ग १५ प १८९८ परिवर्तित नम्बर बा ९८ प ७९६३ बनाएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।

बा.८०.प. ४५४१ नं. को मोटरसाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ५ बाट नं. परिबर्तन गरी बा. ७८ प. ५१६६ नं. बनाई उमेश तामाङले चलाईरहेको अवस्थामा पक्राउ परेका छन् ।
बा.९५.प. ९३८६ नम्बरको मोटरसाईकल जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. ११ बाट उक्त मोटरसाईकलको नं. परिवर्तन गरी बा. ९९ प. ३३७४ बनाई भिजन कार्कीले चलाईरहेको अवस्थामा पक्राउ परेको हुन् ।

विभिन्न जिल्लाका प्रहरी कार्यालयसंग समन्वय गरि मोटरसाईकल चोरी, बिक्रीवितरण गर्ने गिरोह पक्राउ गरिएको परिसरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।
यसबारेमा थप अनुसन्धान कार्य भई रहेको र मोटरसाईकल चोरी गरी बिक्रीवितरण गर्ने अन्य फरार व्यक्तिको खोजतलास भईरहेको समेत प्रनाउ पोखरेलले बताए ।