ऊन ल्याएर तातोपानी खुलाइँदै

174

अनिश तिवारी ( कान्तिपुर दैनिक)
जेठ १२, सिन्धुपाल्चोक । ६ कन्टेनर ऊन ल्याएर जेठ दोस्रो साता तातोपानी नाका खुलाइने भएको छ । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले नेपालतर्फबाट दर्जनभन्दा बढी कामदार पठाई कन्टेनर र ट्रकमा ऊन भरेर नेपालतर्फ ल्याउन चीनपक्षबाट अनौपचारिक रूपमा सहमति भएको जानकारी दिए । ुभन्सार र अध्यागमन, उद्योग वाणिज्य संघसँग समन्वय गरी ऊन ल्याएर नाका सञ्चालन गर्ने तयारी गरिरहेका छौं,ु उनले भने ।

सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा आएका गृहमन्त्री रामबहादुर थापाले जेठ १५ वा १७ गते नाका खुल्ने बताएका छन् । निर्माणाधीन मितेरी पुल, भन्सार, अध्यागमन कार्यालय, सुक्खा बन्दरगाहदेखि सीमावर्ती क्षेत्रको निरीक्षण गर्दै उनले नाका सञ्चालनका लागि तयार रहन जनप्रतिनिधि र सुरक्षाकर्मीलाई सुझाए । उनले सुक्खा बन्दरगाह निरीक्षण गर्दै चाँडै सम्पन्न गरेकामा ठेकेदार पक्षलाई बधाई दिए ।