ऐश्वर्याको कान्समा फेरी चल्यो जादु

203

एजेन्सी, जेठ ८,
काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ‘कान्स फिल्म फेस्टिभल’मा १८ औँ पटक रेड कार्पेटमा प्रस्तुत भईसकेकी छिन् । ऐश्वर्या हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने गर्छिन् । उनले यो पटक पनि धेरैको ध्यान खिचेकी छिन् । उनी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगेकी थिइन् । ऐश्वर्या ७२ औं कान्स फिल्म फेस्टिभलमा गोल्डन मर्मेड लुक्समा देखिइन । उनलाई जलपरी जस्तै देखिएको थियो । त्यस्तै उनी छोरी आराध्याले पहेलो रंगको कपडा लगाएकी थिइन्  ।

ऐश्वर्याले जलपरी बनेर मात्र दर्शकको दिल जितेकी छैनन् । उनी सेतो गाउन लगाएर पनि रेर्ड कार्पेटमा सहभागी भएकी थिइन् । उनलाई यो लुक्समा राजकुमारी जस्तै देखिएको छ । रेर्ड कार्पेट सहित कान्समा सहभागी भएको केहि फोटो बाहिरिएको छ । उनको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी फेरी कान्समा आफ्नो छाप छोड्न सफल भएकी छिन् ।ramailochha.com