जेठ ५,
काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका। बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु टिप्दै, गोठाले बाल्यकाल सम्झदै।’ बाबुराम यो महिना गोरखा-२ को ठाँटीपोखरीदेखि बयानपानी, पाँडेवेसीदेखि केरावारीसम्म पुगे। उनले निर्वाचन क्षेत्र भ्रमणका क्रममा दूधपोखरी सडकमार्गको निरीक्षण गरेका छन्।
‘लामो समयदेखि अवरुद्ध दूधपोखरी सडकमार्ग निर्माणको निरीक्षण गरियो’, बाबुरामले फेसबुकमा लेखेका छन्, ‘सडक अझै अपुरो पाउँदा दुःख लाग्यो। थप बजेट रकमान्तर गराएर यो वर्ष ट्रयाक पुरै खोल्ने अपेक्षा गरिएको छ।’ निर्वाचन क्षेत्र भ्रमण सकेर फर्किदा उनी गोरखाको ऐतिहासिक सिरानचोकको चित्रे पोखरी, हामी भञ्ज्याङ्मा पुगे। उनले त्यहाँका स्थानीयसँग भेटघाट गरेका छन्।
बाबुरामले २०२६ २७ सालमा हर्मी भन्ज्याङमा छोटो समय मास्टरी गर्दा बसेका घरका लोकनाथ ढकाल र जीवनज्योति ढकालसँगसमेत रमाइलो भेट गरे। उनले उनीहरुसँगको गफगाफको तस्बिरसमेत फेसबुकमा सार्वजनिक गरेका छन्।