अपडेट त्रिशुली बस दुर्घटना :मृतकको संख्या ५ पुग्यो, २९ घाइते

145
फाइल तस्बिर

जेठ ५,
काठमाडौँ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मुत्यु हुनेको संख्या ५ पुगेको छ । गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकमध्ये ४ जनाको घटनास्थलमा नै र एकको उपचारका क्रममा लैजाने क्रममा बाटैमा मृत्‍यु भएको हो। घटनामा परि २९ जना घाइते भएका छन् जसमध्ये १४ जनालाई सामान्य उपचारपछि काठमाडौं पठाइएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।