ईश्वरराज ढकाल (नेपाल समाचारपत्र)
बैशाख ३०, काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभीटी०ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो । मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गर्नु भएको छ ।
मन्त्री पोखरेलले गएको शुक्रबार लामा र करिब एक महिना अघि दिवाकर प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको थियो । परामर्शदाता छनौट, वातावरणीय परीक्षण, माटो परीक्षण, टेण्डर आब्हान, स्टिमेट गरेर ठेकेदार छनौट गरेपछि मात्रै निर्माण शुरु गर्नुअघि शिलान्यास गर्ने परम्परालाई मन्त्री पोखरेलले तोडेर ती दुवै शिक्षालयको शिलान्यास गर्नु भएको छ । त्यस अघि सिटिइभीटीले कुनैपनि संरचना निर्माण गर्नुअघि एजुकेशन ब्रिफ गर्ने व्यवस्था छ । सिटिइभीटीले दुई पोलिटेक्निकको विषयमा हालसम्म ती काम गरेको छैन ।
तर सिटिइभीटीले कुनैपनि प्रकृया नपु¥याई काम देखाउन हतारमा दुई पोलिटेक्निक शिक्षालयको शिलान्यास गरेको छ । स्रोतका अनुसार सिटिइभीटीको प्रदेश २ कार्यालयले बल्ल परामर्शदाता छनौट गर्न सूचना जारी गरेको छ । सो कार्यालयले करिब २० लाख रुपियामा परामर्शदाता छनौट प्रकृया शुरु गरेको छ । परामर्शदाताले जेठ ४ गतेसम्म निवेदन दिने समय तोकेकोछ ।
माडीमा निर्माण गर्ने तयारी गरिएको दिवाकर पोलिटक्निक शिक्षालयको लागि हालसम्म कुनै प्रकृया शुरु भएको छैन । निर्माण गर्ने पक्का भएपछि शिलान्यास गरेको बताउदै सिटिइभीटीका सदस्य सचिव पुष्पराज वाग्लेले अन्य काम बिस्तारै गर्दै जाने दावी गर्नुभयो । प्रकृया नै शुरु नगरी शिलान्यास गर्न मिल्छ त रु भन्ने नेपाल समाचारपत्रको प्रश्नमा उहाले भन्नुभयो– निर्माण गर्ने पक्का भएपछि शिलान्यास गरिएको हो ।