दुई उद्यागेबाट ६६ मेट्रिक टन युरिया मल बरामद

116

वैशाख २९,
कपिलवस्तु । कपिलवस्तुमा दुईओटा ठूला प्लाइउड उद्योगबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कृषकहरुले सहज रुपमा युरिया मल पाउन नसकेका समयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका– ७ मा रहेको जय अम्बे प्लाइउड उद्योग र लोहरौलामा रहेको पशुपति प्लाइउड इण्डष्ट्रिज कम्पनीबाट २ हजार ६ सय ३० बोरा मल नियन्त्रणमा लिएको हो ।

यस अघि लुकीछिपी सहुलियत दरकै मल कृषि सामाग्री कम्पनी लिमिटेडसँगको मिलोमतोमा खरिद गर्दै आएको उद्योगले यस पटक ठूलो परिमाणमा युरिया मल चीनबाट खरिद गरेर ल्याएको हो । चीनबाट खरिद गरिएको उक्त परिमाणको युरिया मल भारतको कलकत्ता बन्दरगाह हुँदै सुनौली नाकाबाट भित्रिएको थियो ।