पाकिस्तान आक्रमणः निसानामा विदेशी लगानी

52

बैशाख २९, बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्छ। होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए।पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ। उक्त समूहसँग सम्बन्ध भएको भन्ठानिएको एउटा ट्विटर खातामा थप आक्रमण हुन सक्ने चेतावनी चीन र पाकिस्तानलाई दिइएको छ।

कसरी भयो आक्रमणरु

प्रायस् सरकारी अधिकारीहरू तथा विदेशीहरू बस्ने उक्त होटलमा आक्रमणकारीहरू स्थानीय समयानुसार अपराह्ण ४स्५० जाँदा प्रवेश गरेका थिए। उनीहरूलाई रोक्न खोज्ने सुरक्षा कर्मचारीलाई उनीहरूले गोली हानेर मारिदिए। पछि त्यहाँ पुगेका सुरक्षाकर्मीहरू र आक्रमणकारी समूहको भिडन्त भएको थियो। पहिला होटलबाट अतिथिहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको समाचार आएको थियो।उक्त होटल अरब सागरमा रहेको ग्वादर बन्दरगाह देखिनेगरी एउटा डाँडामा अवस्थित छ।

चीनसँग यातायात र पारवहन जोड्ने उद्देश्यका साथ चाइना(पाकिस्तान इकोनोमिक करिडोर ९सीपीईसी० अन्तर्गत चीनले उक्त परियोजनामा लगानी गरेको छ।घटनापछि चिनियाँ र पाकिस्तानी अधिकारीहरूले यो आक्रमणका कारण द्विपक्षीय सहकार्यमा प्रभाव नपर्ने बताएका छन्। तर चीनको अन्तर्राष्ट्रिय पूर्वाधार कार्यक्रम बेल्ट एन्ड रोड अवधारणा अन्तर्गतको एउटा मुख्य परियोजना सीपीईसी भने सुरक्षा चासोको छायामा पर्दै आएको छ।