दीपेन्द्रको नयाँ फिल्म ‘आमा’ घोषणा

134

बैशाख २५,
काठमाडौं । राम्रो फिल्म बनाउने निर्देशक दीपेन्द्र के खनालले नयाँ प्रोजेटको रुपमा ‘आमा’ घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘आमा’को औपचारिक निर्माण घोषणा गरिएको हो । आमा नामबाट फिल्म बन्न लागेको यो तेस्रो पटक हो । यस अगाडि नेपालमा बनेको पहिलो नेपाली फिल्मकनो नाम ‘आमा’ राखिएको थियो । हीरासिंह खत्रीले वि।सं। २०२० मा यो फिल्म बनाएका थिए । त्यसपछि २०५१ रेसराज आचार्यले ‘आमा’ निर्माण गरेका थिए । अहिले तेस्रो पटक ‘आमा’ निर्माण हुन लागेको हो ।

फिल्म निर्माणमा बिभिन्न बिषय र प्रबिधि प्रयोग गरेर प्रयोगवादी निर्देशकको रुपमा समेत आफुलाई प्रमाणीत गरेका निर्देशक खनालले यो फिल्म आफ्नै लेखन, निर्देशक र छाँयाकनमा तयार गर्न लागेका हुन् । नेपालमा पहिलो पटक थ्रिडी फिल्म बनाएका खनालले यस अगाडि ‘धनपति’ पनि आफैंले निर्देशन तथा छायाँकन गरेका थिए । एक आमा र छोरीको बिचको सम्बन्धमा फिल्म ‘आमा’ बनाउन लागेको निर्देशक खनालले कार्यक्रममा बताए । ‘सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । ‘पशुपती प्रसाद’ झै आमा पनि उत्कृष्ट बन्ने छ’ उनले भने ‘दर्शक र समीक्षक दुबैलाई मनपर्ने फिल्म मेरो लक्ष्य हो ।’‘आमा शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् ।
फिल्मको शिर्ष अर्थात ‘आमा’को भुमिकामा कलाकार सुर्यमाला खनाल रहेकी छन्, भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छानिएकी छन् ।
भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहनेछ ।
असार दोस्रो साताबाट फ्लोरमा जाने बताइएको फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ । -ratopati