Friday, September 18, 2026
Home पत्रपत्रिका उपनिर्वाचनको प्रारम्भिक तयारीः सरकारले मिति तोके चुनाव गराउन तयार

उपनिर्वाचनको प्रारम्भिक तयारीः सरकारले मिति तोके चुनाव गराउन तयार

77

सुनील महर्जन (नेपाल समाचारपत्र)
बैशाख २४, काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ । सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । ‘उपनिर्वाचनबारे अहिले आन्तरिक छलफलमा गरिरहेका छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रसंग भन्नुभयो ‘अहिले कहा“ रिक्त छ , ऐन कानून परिमार्जन गर्नुपर्ने अवस्था छ कि छैन, मतदाता नामावली संकलन गर्नुपर्ने, मतदान केन्द्र परिर्वतन गर्नुपर्ने कि नपर्ने आदि जस्ता विषयमा आन्तरिक छलफलहरु भइरहेको छ ।’

नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउ“दै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन ।