जाली नोटको कारोबार गर्ने गिरोह सकृिय

281
फाइल तस्विर

फागुन ३०,
धरान । धेरै अगाडिदेखि सर्वसाधारणलाई बेकुव बनाएर नक्कली नोट बजारमा ल्याउने गिरोहलाई प्रहरी सार्वजनिक छ ।
जाली नोटको कारोबार गर्दै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सुराकीका आधारमा धरान १३ का राज राई, प्रकाश बुढाथोकी, धरान ११ का दिवस राई, धरान १९का मनिष राई र धरान ७ का मिनकुमार राईलाई सार्वजनिक गरेको छ भने एकजनाको अनुसन्धान जारी रहेको भन्दै सार्वजनिक गरेको छैन । धरान १३ का राज राई र प्रकाश भण्डारीले धरान १३ मै रहेको चिया पसलका एक बृद्धा महिललाई नक्कली रकम दिएर ठगी गरेको सुराकी धरान प्रहरीले सूचना पाएपछि खोजी कार्य तिब्र बनाएको प्रहरीले राज र प्रकाशलाई फागुन २८ गते धरान १३ बाट नै प्रक्राउ गरेपछि यसका अन्य गिरोह प्रहरीले प्रक्राउ गर्न सफल भएका हो ।
उनीहरुकै बयानका आधारमा आज दिवस, मनिष र मिनकुमारलाई प्रहरीले धरान ७ मा रहेको क्लालिटी कलर ल्याबबाट नक्कली एक हजारको जाली नोट फोटो कपी प्रिन्ट गर्दे गरेको अवस्थामा प्रक्राउ गरेको हो । उनीसँगै ल्यावका सञ्चालक रिमेश शाक्यलाई प्रक्राउ गरे पनि उनी यसमा संलग्न भए नभएको स्पष्ट नभएका कारण उनलाई प्रहरीले सार्वजनिक गरेको छैन ।
उनीहरुको साथबाट ४ वटा फोटोकपी गरेका १ हजारका जाली नोट र कलर फोटोकपी मेसिन १ थान समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् ।