बैशाख २१, काठमाडौं । नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्गलो’ औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । यो फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चन्डक देखिदैछिन् । नायक विराजले करिब १ वर्ष अगाडिदेखि फिल्मको निर्माणमा जुटेको बताए । उनले भने, मंैले धेरै फिल्म गरेको छु । पहिला पनि फिल्म गर्ने प्रयास गरेको थिए । तर जुन फिल्म मैंले जुन फिल्म गर्न खोजेको थिए । त्यो फिल्म निर्माणमा आएन । नेपाली फिल्म आफैले निर्माण गरेर किन दर्शकलाई नदिने भन्ने सोचले साङ्गलो बनाएको हो । मैले यो फिल्मको काम करिब एक वर्ष अगाडि नै सुरु गरेको हो । फिल्मको गीत र स्क्रिप्टमा काम भइरहेको थियो ।’ भट्टले ५० दिनको कार्य तालिका बनाएर वैशाख २४ गते देखि छायांकनमा जाने बताए । -ramailochha