Saturday, October 3, 2026
Home स्वास्थ्य नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

298

वैशाख १९,
काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।