बैशाख १७, काठमाडौं । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । सोमबार होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले नाटकीय शैलीमा घोषणा गरिएको छ । सो अवसरम कलाकार केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्रहसन मार्फत रमाइलो गराएका थिए ।शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको फिल्मको दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् । फिल्ममा केकी र दीपकराज जोडीको रूपमा देखिदै छन्,भने केदार र जितुको पनि मुख्य भूमिका रहने कार्यक्रममा जानकारी दिईयो । केही कलाकार छनौटको क्रममा रहेको निर्देशक लामाले जानकारी दिए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ । दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्तमा काम गर्न लागेका हुन् ।