बैशाख १२,
भक्तपुर । दुवै मुर्गौला खराव भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मिर्गौला पिडित दिपक बहादुर धामी (दिपेन्द्र) लाई औद्योगिक शान्ती नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले उपचारका लागि १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मिगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । भक्तपुरमा आयोजना गरेको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मिर्गौला पिडीतलाई सहयोग गरेको अध्यक्ष महतले जानकारी दिनुभयो । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दिपक थापाले सहयोग रकम हस्तान्तरण गरे ।
मिर्गौलाको डाइलासिस, औषधी र अन्य उपचारमा हालसम्म ३० लाख भन्दा बढि खर्च भइसकेकोले मिगौला प्रत्यारोपण गर्न आर्थिक अभाव रहेको पीडित धामीले बताउनुभयो । सरकारले प्रदान गर्ने २ लाख बराबरको उपचार सहयोग पनि सक्किसकेको, गाउँको जग्गा बिक्रि गरेको र अझै १२–१३ लाख रुपैयाँ ऋण रहेकाले उपचार गर्न समस्या रहेको धामीको भनाई छ ।
श्रीमती सरितादेवी धामीले श्रीमान्का लागि मिर्गौला दिन तयार भएको भएपनि प्रत्यारोपण गर्न १३–१४ लाखभन्दा बढि रकम खर्च हुने र आफुसँग उक्त रकम अभाव भएकाले हालसम्म मिर्गौला प्रत्यारोपण गर्न नसकेको पिडीत धामीको भनाई छ । सबैबाट यसैगरी सहयोग संकलन भए आफ्नो मिर्गौलाको सफल प्रत्यारोपण हुनेमा उनी विश्वस्त छन् ।