नेपालसँगै भारत र चीनका भू–भागमा पनि गयो भूकम्प

101

बैशाख ११,
काठमाडौं । बुधबार बिहान दक्षिण एसियाका विभिन्न क्षेत्रमा शक्तिशाली भूकम्प गएका छन् । नेपालसहित छिमेकी भारत र चिनियाँ भू–भागमा एकै बिहान भूकम्पको धक्का महसुस गरिएको हो । बुधबार बिहान नेपालको धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । नेपालभन्दा अगाडि नै भारतको अरुणाञ्चल प्रदेश र चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

भारतको अरुणाञ्चलमा बुधबार बिहान १ बजेर ४५ मिनेट जाँदा ६।१ म्याग्निच्यूडको भूकम्प गएको छ भने तिब्बतमा पनि बुधबार बिहान ४ बजेर १५ मिनेट जाँदा भूकम्प गएको खबर छ । नेपालमा बुधबार धादिङको नौबिसे केन्द्रबिन्दु भएर बिहान ६ बजेर २९ मा ५।२ म्याग्निच्यूड र ६ बजेर ४० मिनेट जाँदा ४।३ म्याग्निच्यूडको भूकम्प गएको हो । भारतीय सञ्चार माध्यामले दिएका खबरअनुसार अरुणाञ्चल प्रदेशको अलोङभन्दा ४० किलोमिटर दक्षिण पूर्वी भागमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । अमेरिकी भूगर्व सर्वेक्षण संस्थाले भूकम्प ६।१ म्याग्निच्यूडको भने पनि भारतीय मौसम विभागले भने ५।८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

बुधाबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बतमा ६।३ म्याग्निच्यूडको भूकम्प गएको सिन्हाले जनाएको छ । चिनियाँ भूकम्प नेटवर्क केन्द्रलाईलाई उद्धृत गर्दै सिन्हवाले दिएको समाचारअनुसार चिब्बतको मेदोङ प्रान्तको न्यिंगची क्षेत्रमा स्थानीय समयअनुसार बिहान ४ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

यी भूकम्पबाटकुनै धनजनको क्षति भएकोबारे भने हालसम्म कुनै खबर प्राप्त भएको छैन । नेपालको भूकम्पलाई भने नयाँ भूकम्प नभई २०७२ को भूकम्पको परकम्प मात्रै भएको भूकम्पविदले जानकारी दिएका छन् । खानी विभागका महानिर्देशक तथा भूकम्पविद् डा। सोमनाथ सापकोटाले यो नयाँ भूकम्प नभएको र चार वर्षअघिकै भूकम्पको परकम्प भएको बताए । Annapurna