विप्लबका कार्यकर्ता धरौटी नभए पछि कारागार चलान

183

वैशाख ११,
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेमा हिरातमा रहेका नेकपा माओवादी विप्लव समुहका तीन नेताहरुलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । धरौटीमा छाड्ने आदेश दिए पनि धरौटी तिर्न नसक्दा पक्राउ परेका नेताहरु कारागार चलान भएका छन् ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सोमबार पक्राउ परेका तीन नेताहरु बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोकका इन्द्रबहादुर ठकुरी, बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोकका रमेश पौड्याल ९सौगात०, र भुम्लु गाउँपालिका १, काभ्रेपलाञ्चोकका अजय श्रेष्ठलाई जनही २५÷२५ हजार रुपैया धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि सोमबार देखि नै उनिहरु हिरासतबाट कारागार चलान भएका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा रिहा गरेका तीन नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पक्राउ परेकाहरुलाई मुलुकी संहिता अनुसार सार्वजनिक भौतिक संरचना कब्जा वा विनाश गर्न नहुने अपराध अन्र्तगत मुद्दा चलाईएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा रहेको एनसेल टाओरमा क्षति पु¥याएको अभियोगमा उनिहरुलाई मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेकाहरुको परिवारको तर्फबाट सर्वोच्चमा बन्दि प्रत्यक्षीकरण रिट दर्ता गरे पनि खारेज भएको थियो ।

जिल्ला अदालत सिन्धुपाल्चोकले २०७५ चैत्र १३ गते राति ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । पौड्याल र श्रेष्ठलाई ६÷६ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी नै बुझाएर निस्कन लाग्दा तीनै जना नेताहरुलाई काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा रहेको एनसेल टाओर आक्रमण गरेको अभियोगमा पक्राउ गरिएको थियो । अजय र इन्द्र जिल्ला नेता हुन् भने रमेश सामान्य कार्यकर्ता हुन् ।

सिन्धुपाल्चोक प्रहरीले १७ जना विप्लव समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । अदालतले पक्राउ परेकाहरु मध्ये ४ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।