कांग्रेसको देशव्यापी जागरण अभियानः ७७ वटै जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि

62

नेपाल समाचारपत्र,
बैशाख ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । साथै यस अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित विधान, कांग्रेसको भावी नीति–रणनीतिबारे स्थानीय तहलाई समेत सुसूचित गरिने छ ।

यस अभियानअन्तर्गत पहिलोचरणमा यही वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ जिल्लाकै लागि कार्यक्रम तय गरिएको छ । यसअनुसार पहिलोचरणमा प्रदेश १ का १४ जिल्लामध्ये ताप्लेजुङमा सरिता प्रसाईं, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा. नारायण खड्का, भोजपुरमा रामहरि खतिवडा, खोटाङमा उदयशमशेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मीनाक्षी झा, उदयपुरमा प्रदीप गिरी, झापामा ज्ञानेन्द्रबहादुर कार्की, मोरङमा कृष्णप्रसाद सिटौला र सुनसरीमा महेश आचार्यलाई खटाइएको छ ।

प्रदेश २ का ८ जिल्लामध्ये सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहामा महेन्द्र यादव, धनुषामा बलबहादुर केसी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहटमा रमेश रिजाल, बारामा प्रकाशमान सिंह र पर्सामा फरमूल्लाह मन्सुरलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएको छ । डा. शेखर कोइराला, डा. रामशरण महत, रामकृष्ण यादव, अर्जुन नरसिंह केसीलगायतलाई प्रदेश नम्बर ३ मा खटाइएको छ । कोइराला काभ्रे, डा. महत सिन्धुली, यादव दोलखा र केसीलाई मकवानपुर खटाइएको हो । प्रदेश ३ को रामेछापमा किरण यादव, सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जीवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदीप पौडेल र चितवनमा रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका लागि भने क्रमशः बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल र सुरेन्द्रराज पाण्डे खटिनुभएको छ ।